
काठमाडौं, २० साउन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले गौरवपूर्ण इतिहास भएको र भविष्यको मार्गचित्र बोकेको पार्टी भएको बताएका छन् ।
नेकपा एमाले टोखा नगरपालिका कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले अब ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेर देशको तीव्र विकासमा अघि बढेको बताएका हुन् ।
अहिले एमालेमाथि चौतर्फी रुपमा घेराबन्दी भइरहेको चर्चा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेसँग भएको सवल संगठनको शक्तिका अघि एमालेलाई कसैले हल्लाउन नसक्ने विचार व्यक्त गरे । एमाले नेतृत्वको सरकारले गरेका कैयन दीर्घकालीन र राम्रा कामहरूबाट अत्ताल्लिएहरूले एमालेमाथि घेराबन्दी गरिरहेको उनको भनाइ छ ।

नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोलिटव्युरो सदस्य एवम् काठमाडौंका इञ्चार्ज आनन्द पोखरेल, एमाले केन्द्रीय सदस्य शर्मिला कार्की, पार्टीका काठमाडौंका जिल्ला अध्यक्ष दीपक निरौलालगायत प्रदेश तथा जिल्लास्तरका नेताहरू र इञ्चार्जहरूको आतिथ्यता थियो ।
कार्यक्रममा नगरपालिका र मातहतका वटा कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।















प्रतिक्रिया