
पाकिस्तान, २० साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टी (पीटीआई)का प्रमुख इमरान खान पक्राउ परेका छन् ।
आज शनिबार खानलाई पञ्जाब प्रहरीले लाहोरस्थित उनको घरबाट पक्राउ गरेको हो ।
तोशाखाना मुद्दामा उनलाई तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँको जरिवाना त्यहाँको जिल्ला अदालतले सुनाएको छ ।
खान पक्राउ परेको उनको आफ्नै पार्टीले पनि पुष्टि गरेको छ । पीटीआईले ट्वीटमार्फत पूर्वप्रधानमन्त्री इमरान खानलाई कोट लखपत जेलमा लगिएको जानकारी दिएको छ । तर, यो मुद्दाको सुनुवाइका क्रममा इमरान खान र उनका वकिल अदालतमा उपस्थित थिएनन् भन्ने कुरा ध्यान दिनुपर्ने ट्विट्मा उल्लेख गरिएको छ ।















प्रतिक्रिया