
काठमाडौं, २० साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवम् सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका हुन् ।
बुधबारदेखि सुरू भएको बैठकमा शुक्रबारसम्म १४२ जनाले उक्त प्रस्तावमा आधारित रहेर धारणा राखेकोमा बाँकी सदस्यहरुले आज शनिबार धारणा राखिरहेका हुन् । धारणा राख्न प्रत्येक सदस्यलाई ५ मिनेटको समय निर्धारण गरिएको छ ।
बैठकमा ३८७ पूर्ण र १९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।















प्रतिक्रिया