३० आश्विन २०८३, शुक्रबार

मसानघाटको टहरोमा नौ वर्षीया बालिका बलात्कृत

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

बर्दिया, १९ साउन । बर्दियामा नौ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका–६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर छन् ।

उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारमाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।