३० आश्विन २०८३, शुक्रबार

भूकम्पपीडितलाई सिकागोका नेपालीको एक करोड सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Usa-siekago (2)सिकागो, अमेरिका । नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभावित परिवारको राहतका लागि अमेरिकाको सिकागो सहरका नेपालीहरुले एक करोड रुपैयाँ सहयोग गरेका छन् ।

नेपालीहरुको उद्दार पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिकागो सहरका नेपालीहरुले स्थापना गरेको नेपाल भूकम्प पीडित उद्दार कोषले शनिवार उक्त रकम अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीलाई हस्तान्तरण गरेको छ ।

सिकागोमा रहेका विभिन्न संघ संगठनहरुले एकीकृत ढंगबाट बरिष्ठ समाजसेवी शारदा थापाको अध्यक्षतामा नेपाल भूकम्प पीडित राहत कोष नामक समिति गठन गठन गरी गत एक महिना सम्ममा जम्मा भएको उक्त रकम नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री राहत कोषमा पुग्ने गरि राजदूत कार्कीलाई हस्तान्तरण गरिएको हो ।

इलिनोइज स्टेटको सिकागो शहरको मध्य भागमा रहेको स्टेट अफ इलिनोइजको सेक्रेटरी जेसी ह्वाइटको कार्यालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित राजदुत कार्कीले आफुसंग यति बेला देशको भूकम्प पीडित दूत भएको नाताले अमेरिकामा रहेका नेपाली, अमेरिकी सरकार तथा अमेरिकी जनता तथा अन्य देशका नागरिकहरुको मानवीय समबेदना कसरी प्राप्त गर्न सकिन्छ, उनीहरुबाट हाम्रो समस्यामा कसरी एकेबद्धता हासिल गर्न सकिन्छ त्यसमा मात्र केन्द्रित भएकोले कुनै त्यस्तो छुट्टै विचार योजना र कार्यक्रम नबनाएको बताए ।

Usa-siekago (1)

सिकागो लैण्ड नेपाली फ्रेन्डसिप सोसाइटीका अध्यक्ष बेनी माधब कंडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा राहत रकम संकलनमा महत्वपुर्ण भूमिका खेलेका समितिका सह–संयोजक बाला घिमिरे एनआरएन इलिनोइज च्याप्टरका सभापति सुमन वोस्ती, प्रवासी नेपाली मंचका क्षेत्रीय संयोजक टेकराज पौडेल, जनसम्पर्क समिति इलिनोइजका सल्लाहकार लाल प्रसाद काफ्ले, थारु सोसाइटीका सभापति बिक्रम थारु, समाजसेवी खेम पाठक, गोपेन्द्र भट्टराई तथा रमाकान्त खरेलले राहत रकम कुनै ठुलो नभए पनि आफूहरुले मातृभुमि प्रतिको माया दर्साएको बताएका थिए ।

सबै भन्दा धेरै सहयोग गर्ने संस्थाहरुमध्ये ग्लोबल चिल्ड्रेन फाउन्डेसन, सिकागो एरियामा रहेको दक्षिण कोरियाली अमेरिकनको ग्लोबल चिल्ड्रेन फाउन्डेसनले उठाएको २७ लाख ५५ हजारको चेक पनि राजदूत कार्कीलाई हस्तान्तरण गरिएको थियो ।

यसैगरी सिकागोको समाजसेवी एवं ब्यबसायी बाला घिमिरे तथा भोज घिमिरेले अर्को कार्यक्रमको आयोजना गरि राजदूत कार्कीलाई यजुकेसन फाउन्डेसन ओफ नेपालको तर्फ बाट दश लाखको चेक हस्तान्तरण गरेका थिए ।