३० आश्विन २०८३, शुक्रबार

सीटीईभीटीको भोलिदेखि हुने प्रवेश परीक्षा स्थगित

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न विषयको लागि भोलिदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर आज स्थगित गरेको छ ।

सीटीईभीटीले भोलि शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा आज सूचना जारी गरी स्थगित गरेको हो ।

चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सीटीईभीटीले परीक्षा स्थगित गरी उक्त परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने भएको हो ।

सीटीईभीटीले आफ्नो संस्थाअन्तर्गत रहेका ४९ प्राविधिक कलेज र गतवर्ष आयोगले सिट निर्धारण गरेका एक सय ४९ कलेजमा यस वर्ष भर्ना आह्वान गर्दै सूचना सार्वजनिक गरेपछि आयोगले ऐन विपरीत गरेको भन्दै आपत्ति जनाएको थियो ।