
काठमाडौं, १९ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताएका छन् ।
सिंहदरबारमा आज शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेकाले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्ने आशंका उत्पन्न भएको बताएका हुन् ।
यस्तै, एमाले सांसद कृष्णगोपाल श्रेष्ठले हङकङबाट ब्रेक–शुमा राखेर सुन ल्याउनु आफैमा शंकास्पद देखिए पनि प्रशासनले भने ध्यान दिन नसकेको बताए ।
उनले सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको सुनिएकाले यस प्रकरणमा गहिराईमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।















प्रतिक्रिया