६ कार्तिक २०८३, शुक्रबार

झापा कारागार तनावग्रस्त, कैदीबन्दीले गरे आगजनी र ढुंगामुढा

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १९ साउन । चारजना कैदीलाई अर्को कारागारमा सरूवा गर्न लागिएपछि झापा जिल्ला कारागारका कैदीबन्दीहरू आन्दोलित भएका छन् ।

मनोज लावतीसहिच चारजना कैदीलाई सुनसरीस्थित झुम्का कारागार पठाउन लागिएपछि कैदीबन्दीहरूले कारागारभित्रै आगजनी गरेका हुन् ।

उनीहरूले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए । कैदीबन्दीले ढुंगामुढा गरेपछि कारागारको स्थित तनावग्रस्त बनेको थियो ।

कैदीबन्दीहरुले कारागार प्रमुख मोहन पनेरुलाई हटाउन माग गर्दै नाराबाजी गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ।

अहिले भने स्थिति सामान्य बनेको छ । कैदी तत्काल सरूवा नगर्ने भएपछि कैदीले आन्दोलन रोकेका हुन् ।