३० आश्विन २०८३, शुक्रबार

भक्तपुरमा १५ वर्षीया बालिकालाई बेपत्ता बनाएर बलात्कार

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, १९ साउन । भक्तपुरमा १५ वर्षीया बालिकालाई बेपत्ता बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक नगरपालिका–१४ झ्याडी घर भई हाल भक्तपुर बोडे बस्ने २५ वर्षीय सिङ्ग बहादुर माझी छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आइतबार दिउँसोदेखि हराएकी बालिकाको खोजी तथा अनुसन्धान गर्ने क्रममा माझीले ती बालिकालाई सोमबार भक्तपुर सूर्यविनायकस्थित कोठामा लगि जबरजस्ती करणी गरेको खुलेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।