
काठमाडौं, १९ साउन । शिक्षा क्षेत्रमा प्रयाप्त लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पसका बिद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणका साथै विद्यार्थीहरूले सहज रुपमा पढ्नसक्ने गरी शिक्षामा लगानी गर्नुपर्नै भन्दै थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।
क्याम्पसमा विद्यार्थीहरूले पाउनुपर्ने सुविधा नपाएका कारण पढाइमा समस्या परेको, क्याम्पसले फि बढाउने तयारी गरेको उनीहरूले बताएका छन् ।
सरकारले शिक्षामा लगानी नगरेकै कारण त्यसको भार विद्यार्थीहरुले बोक्न बाध्य भएको थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापति पुस्कर शाहीले बताए ।
विद्यार्थीहरूले सरकार वर्तमान देउ, इन्जिनियर बन्छौँ, भविष्य बन्छौँ, शिक्षा मै राजनीति देशको बेइज्जती, सरकार झुठो आश, ठूलो निकास लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया