
काठमाडौं, १९ साउन । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ ।
सामाखुसी खोला नै छोपिने गरी ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले खोलालाई पुरानै शैलीमा फर्काउने काम थालेको हो ।
खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ ।
महानगरले सामाखुसी, रानीबारी लगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको छ । केही दिनअघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्याबका कारण उद्दारमा समस्या भएको थियो ।















प्रतिक्रिया