६ कार्तिक २०८३, शुक्रबार

मामाको छोराको अस्तु सेलाउन गएका लोकेन्द्र नारायणी नदीमा बेपत्ता

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ साउन । चितवनस्थित नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।

उनी मामाको छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन शुक्रबार देवघाट गएकामा नदीमा डुबेर बेपत्ता भएका हुन् । रेमन्तको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

उनको गोताखोरसहितको टोलीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।