३० आश्विन २०८३, शुक्रबार

अर्थतन्त्र सुधार गर्न सबै क्षेत्रको सहयोग आवश्यक : चन्द्र ढकाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रमा देखिने समस्या समाधान गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् ।

महासङ्घको वर्तमान कार्यकारिणी समितिको एक सय दिन पुगेको अवसरमा आज आयोजित कार्यक्रममा उनले मुलुकमा विद्यमान अर्थतन्त्रका समस्या सुधार्न सरकार, निजी क्षेत्र तथा नियमनकारी निकाय आपसमा मिलेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

समस्यामा रहेका व्यवसायीलाई सहयोग गर्नुपर्ने बेला सरकारले व्यवसायीलाई अझ समस्यामा धकेल्ने नीति बनाउन नहुने बताउँदै अध्यक्ष ढकालले केन्द्रीय बैंक, सरकार र अन्तर्राष्ट्रिय निकायको सहयोगमा यस्ता समस्या समाधान गर्दै उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा यस अगाडिका कमीकमजोरीले अर्थतन्त्र समस्या रहेको भन्दै उनले यस्ता कमजोरीको समयमै समाधान गनुपर्ने बताए ।

‘विगतमा आयात निरुत्साहित गर्ने र चालु पूँजी कर्जा मार्गदर्शनले समस्यामा पारेको हो । यसले बाह्य क्षेत्र सन्तुलित बनाए पनि मुलुकको अर्थतन्त्र मन्दीमा गयो,’ उनले भने । सरकार तथा केन्द्रीय बैंकले बनाउने वित्तीय तथा मौद्रिक नीतिमा महासङ्घले दिएका सुझावलाई पूर्णरूपमा नसमेटिएको उनको भनाइ छ । हालको समस्या समाधानमा पछिल्ला नीति सकारात्मक नै रहे पनि समस्या समाधानमा पूर्ण नहुने तर दीर्घकालीन पक्षमा भने पछिल्ला नीति सकारात्मक रहेको उनको भनाइ छ ।