३० आश्विन २०८३, शुक्रबार

एभोकाडो होटेलबाट दुई लाख ५४ हजारसहित पाँच जना जुवाडे पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १८ साउन । मकवानपुरको हेटौंडा उपमहानगर-२ स्थित एभोकाडो होटलबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।

आज बिहीबार साँझ होटलको कोठा नम्बर २०८ बाट प्रहरीले नगद दुई लाख ५४ हजार ४२० रुपैयाँ, २ बुक खुल्ला तास, २ बुक सिल तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थानसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा-१ बस्ने ४० वर्षीय बलराम विश्वकर्मा, हेटौंडा-१२ बस्ने ३५ वर्षीय दिपक घले, चितवन भरतपुर महानगर-२ घर भई हाल हेटौंडा-४ बस्ने ४५ वर्षीय सुन्दरकुमार श्रेष्ठ, हेटौंडा-५ बस्ने ३४ वर्षीय सहदेव लम्साल र हेटौंडा-४ का ४२ वर्षीय प्रकाश मानन्धर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।