३० आश्विन २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकका ग्राहकले शुक्र हाउस अफ डाइग्नोष्टिकमा विशेष छुट पाउने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले काठमाडौंको पानीपोखरीस्थित शुक्र हाउस अफ डाइग्नोष्टिक एण्ड वेलनेस सेन्टरमा विशेष छुट पाउने भएका छन् ।

सो छुट उपलब्ध गराउन बैंकले शुक्र हाउससँग सम्झौता गरेको हो । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिने उद्देश्यसहित बैंकले शुक्र हाउससँग सम्झौता गरेको बबताएको छ ।

यो सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले शुक्र हाउस अफ डाइग्नोष्टिक एण्ड वेलनेस सेन्टरका विभिन्न सेवाहरूमा १५% सम्म छुट प्राप्त गर्न सक्ने छन् ।