३० आश्विन २०८३, शुक्रबार

सुन तस्करीको नैतिक जिम्मेवारी प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : सुरेन्द्र केसी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले एक क्विन्टल सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

सरकारमा रहेका यी तीन व्यक्तिले नैतिक जिम्मेवारी नलिएको खण्डमा उनीहरूमाथि नै प्रश्न तेर्सिने र निष्पक्ष छानविन हुन पनि नसक्ने डा. केसीको भनाइ छ ।

यस्तै, उनले बालुवाटार जग्गा प्रकरणमा बाबुराम, माधव कुमार नेपाल र लिलामणि पौडेल मात्रै जिम्मेवार पात्र भएको उनको भनाइ छ । ती जिम्मेवार पात्रले उक्त प्रकरणको जिम्मा लिनुको सट्टा मन्त्रिपरिषद्मा निर्णयका लागि पठाउन टिप्पणी उठाउने शाखा अधिकृतलाई पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘बालुवाटारको प्रकरणमा बाबुराम, माधव कुमार नेपाल र लिलामणि पौडेल । यी तीन जनाभन्दा अरुको जिम्मेवारी नै छैन । साथीहरू शाखा अधिकृतलाई थुन्नतिर लागेको छन् । भोलि पिउन (कार्यालय सहयोगी) लाई थुन्छन् होला यिनीहरूले,’ डा. केसीले भने ।

यसअघिको ३३ किलो सुन प्रकरण एक जना प्रहरी अधिकृतलाई आईजी हुनबाट रोक्न गरिएको प्रपञ्चमात्रै भएको उनले दाबी छ । ‘सुनको कुरा पनि त्यही हुन्छ । ३३ किलो सुन प्रकरणमा सुन फेला परेन, प्रमाणित भएन भन्ने कुरा भयो । त्यो खेल जम्माजम्मी प्रहरीको लोहनी भन्ने एकजना अधिकृत थियो, त्यसलाई आईजी हुनबाट रोक्न गरिएको प्रपञ्च थियो,’ उनले भने ।