
काठमाडौं, १८ साउन । उदयपुरमा एक जना किशोरी र भक्तपुर र पाल्पामा तीन जना बालिका बलात्कृत भएका छन् ।
किशोरी र बालिकासहित चार जनालाई बलात्कार गर्ने तीन जा अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जस अनुसार उदयपुरमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बेलका नगरपालिका–७ बस्ने २० वर्षीय मनोज शाशंखरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मनोजले ती किशोरीलाई सोमबार राति सुतिरहेको कोठामा प्रवेश गरी डर त्रास देखाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
यस्तै, भक्तपुरमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने रूकुम मुसिकोट नगरपालिका–३ घर भई काठमाडौं नयाँबानेश्वर थापागाउँ बस्ने १९ वर्षीय बिबेक केसीलाई पनि बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
केसीले ती बालिकालाई साउन ४ गतेदेखि ललाई फकाई पटक–पटक बलात्कार गर्दै आएका थिए ।
त्यस्तै, पाल्पामा ११ र १३ वर्षीया बालिकालाई बलात्कार गर्ने तानसेन नगरपालिका–८ पाँडेखर्क बस्ने २२ वर्षीय बिशाल ठडराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशालले बालिकालाई आइतबार बिहान जबरजस्ती करणी तथा सोही दिन दिउँसो जबरजस्ती करणी उद्योग गरेको प्रहरीले जनाएको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया