
काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा आफ्नै पार्टीका नेता कार्यकर्ता संलग्न भएपनि कारबाही गर्ने बताएका छन् ।
बिहीबार पनि जारी पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै श्रेष्ठले प्रमाण भेटिए पार्टीका नेता समेतलाई कारबाही गर्ने बताएका हुन् ।
‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ । यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, श्रेष्ठले भने ।
श्रेष्ठले सरकारले भ्रष्टाचारको फाइल खोलेका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा फाइल खोलेको बताउँदै छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने बताएका हुन्।
सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने उनको भनाइ छ ।















प्रतिक्रिया