६ कार्तिक २०८३, शुक्रबार

अनेम संघ टोखा नगर कमिटीको दोस्रो सम्मेलन सम्पन्न

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । अखिल नेपाल महिला संघ टोखा नगर कमिटीकोे दोस्रो सम्मेलन बुधबार सम्पन्न भएको छ ।

भूमा गुरुङको अध्यक्षता  र अनेम संघकी केन्द्रिय महासचिब पेम्बा लामाको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मलेनलाई सम्बोधन गर्दै महासचिव पेम्बाले अनेम संघ नेपालको प्रतिनिधित्व गर्दै महिलाहरू संसदसम्म पुग्न सफल भएको बताइन् ।

कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्यहरू जिल्ला र प्रदेशका विभिन्न नेताहरूले महिलाहरूको भूमिका पुरुषको भन्दा दोब्बर रहेको बताएका थिए ।

कार्यक्रममा अनेम संघ काठमाडौं जिल्ला इन्चार्ज शान्ति श्रेष्ठ, ज्ञानमाया डंगोल, रत्ना गुरुङ्ग, शान्ता राई, भगवती गौतम, बाग्मति प्रदेश सासंद अमन मास्के, नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला लगायत सहभागी थिए ।

कार्यक्रममा टोखा क्षेत्रमा महिलाको हकहितका लागि अग्रणी भूमिका निर्बाह गर्दै आएका ४३ जना अग्रज महिलाहरूलाई सम्मान गरिएको थियो ।

यस्तै, कार्यक्रमले आगामी कार्यकालका लागि सर्बसम्मत रूपमा भुमा गुरुङ्गको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

कार्यक्रमको सहजिकरण अनेमसंघ टोखा नगर कमिटीकी सचिव विष्णुकला भण्डारीले गरेकी थिइन् ।