६ कार्तिक २०८३, शुक्रबार

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरूद्व

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले राष्ट्रिय सभाको बैठक पनि अवरूद्व गरेको छ ।

दिउँसो १ बजे बसेको बैठकको सुरूमै एमालेका सांसदहरूले उठेर विरोध गरेका थिए । बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे ।

उनले नेपाल तस्करहरुको देशका रुपमा परिभाषित हुँदै बदनाम भइरहँदा नेपाली जनताको शिर पनि झुकेको बताए। एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन अटेर गरेको भन्दै एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरूद्व गर्दै आएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसदहरूलाई बस्न आग्रह गरेपनि नबसेपछि अर्को बैठक साउन २२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।