काठमाडौं, १७ जेठ । सरकारले एक भन्दा बढी घर भएका वा काठमाडौंमा घर भएर गाउँको घर भत्किएकालाई राहत नदिने भएको छ ।
भूकम्पमा घर भत्किएका लाई तत्काल बसोबासका लागि १५ हजार र नयाँ घर बनाउन २ लाख रुपैँया अनुदान दिने तयारी भइरहे पनि एउटा मात्र घर हुनेले यो सुविधा पाउने भएका हुन् ।
अर्थमन्त्री डा. रामशरण महतले भूकम्पपीडित विपन्न नागरिकलाई राहत दिने योजनामा सरकार रहे पनि आफै सक्षमहरुका लागि सरकारी कोष दुरुपयोग गर्ने पक्षमा आफू नरहेको मन्त्री महतले बताए ।
घर बनाउन सक्ने र नसक्नेको वैज्ञानिक मापदण्डका आधारमा पहिचान गर्नुुपर्ने उनको भनाई छ । भूकम्पमा क्षति पुगेका व्यक्तिगत सम्पत्तिको क्षतिपूर्ति सरकारले दिन नसक्ने उनले स्पष्ट पारे । आजको कारोबार दैनिकमा समाचार छ ।















प्रतिक्रिया