काठमाडौं, १७ जेठ । सिंहदरबारभित्रको पनि सिंहदरबार भनिने प्रधानमन्त्री कार्यालयलाई डेढ वर्षअघि जोखिममा रहेको भन्दै तत्काल रेट्रोफिट गरी बलियो बनाउनुपर्ने सुझाव सहरी विकास मन्त्रालयले दियो ।
तर, कार्यालय सार्ने स्थानको अभाव देखाउँदै रेट्रोफिट नगर्दा अहिले पुननिर्माणको झमेलामा प्रधानमन्त्री कार्यालय फसेको छ ।
मन्त्रालयका अधिकारी भन्छन्,‘प्रधानमन्त्री कार्यालयको स्टेट हलसहित भवनका पुराना संरचनालाई तत्काल रेट्रोफिट गर्ने हाम्रो योजना थियो । देशकै मुख्य प्रशासनिक सचिवालय सिंहदरबारभित्रको पनि महत्वपूर्ण निकाय प्रधानमन्त्री कार्यालय वैशाख १२ को विनासकारी भूकम्प र त्यसपछिका शक्तिशाली पराकम्पहरुले क्षतविक्षत भएको छ ।
शक्तिशाली पराकम्पहरुले क्षतविक्षत प्रधानमन्त्री कार्यालय शनिवार राति आएको भूकम्पको ठूलो धक्काले थप भत्काएको कार्यालयले जनाएको छ ।
उपयुक्त संरचना नपाएपछि सिंहदरबारभित्रकै स्थानीय विकास मन्त्रालयको साँघुरो भवनमा अहिले प्रधानमन्त्री कार्यालय व्यवस्थापन गरिएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
















प्रतिक्रिया