६ कार्तिक २०८३, शुक्रबार

माओवादी बैठक: नेतृत्व चयनमा एकाधिकार गरिएको भन्दै केन्द्रीय सदस्यले उठाए प्रश्न

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकको पहिलो दिन बुधबार १८ जनाले आफ्नो धारणा राखेका छन् ।

राजधानीको प्रज्ञाभवनमा सुरु बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टीलाई जीवन्तता दिन संगठन सुदृढीकरणका विषयमा धारणा राखेको नेता माधव सापकोटाले जानकारी दिए ।

केही सदस्यले नेतृत्व चयनमा भएको एकाधिकारका विषयमा पनि प्रश्न उठाएका छन् । आठौँ महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूखुशी पदाधिकारी चयन गरेकोमा सदस्यहरूले असन्तुष्टि जनाएका छन् ।

उनीहरूले पार्टीलाई सही ढंगले चलाउने हो भने सबैले चुनावको सामना गर्न तयार हुनुपर्ने धारणा राखेका छन् ।

यसअघि अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनमा जनतासँग जोडिन तीन महिने अभियान संचालन गर्ने, आगामी मंसिरमा पार्टीको विधान सम्मेलन गर्ने लगायत प्रस्ताव गरिएको छ ।

बैठक ५ दिनसम्म चल्नेछ ।