६ कार्तिक २०८३, शुक्रबार

एकीकृत समाजवादीको मधुवन नगरकमिटी सिङ्गै नेकपा एमालेमा समाहित

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । बर्दियाको मधुवन नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीको सिंगै नगरकमिटी नेकपा एमालेमा समाहित भएको छ ।

मधुवन नगर कमिटी अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य दुर्गाबहादुर रिमाल सहित सिंगै नगरकमिटी नेकपा एमालेमै फर्किएको हो । नेकपा एमाले मधुवन नगर कमिटीले आयोजना गरेको नगर स्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज लिला गिरीले उहाँहरूलाई खादा र टिका लगाई पार्टीमा स्वागत गर्नु भएको हो ।

मधुवनबाट नेकपा एमालेमा फर्कनेमा नेकपा समाजवादीका ११ जना जिल्ला  कमिटी सदस्य सहित २५ जना रहेका छन्। जसमा रिमालसहित जिल्ला कमिटी सचिवालय सदस्य तथा मधुवन वडा नं ५ इन्चार्ज यज्ञ मल्ल, जिल्ला कमिटी सदस्य मान बहादुर मल्ल रहेका छन् ।

त्यसैगरी जिल्ला कमिटी सदस्य एवं नगर उपाध्यक्ष टिकाराम थारू, जिल्ला कमिटी सदस्य एवं नगर सचिव पुष्कर राज केसी, जिल्ला कमिटी सदस्य एवं किसान महासंघ जिल्ला उपाध्यक्ष पुष्पा शाही, जिल्ला कमिटी सदस्य एवं किसान महासंघ बर्दियाका सदस्य पदम बूढा रहेका छन् । त्यसैगरी जिल्ला कमिटी सदस्यहरू कर्ण बहादुर खड्का, हिरालाल भाट, धना पाण्डे, रेश्मी लोहार नेकपा एमालेमै फर्किनुभएको हो ।

त्यसैगरी नगरकमिटी उपसचिव खेमकुमारी थापा सहित नगरकमिटी सदस्यहरू महेश सिग्देल, राम बोहरा, राम रतन चौधरी, देवकी रिमाल, छवि केसी, खिमा राजी, नरेन्द्रमान मल्ल, सुरज भण्डारी, शेरबहादुर खड्का, मिना खड्का, देवी गुरुङ्ग, कल्पना थापा मगर, रामबहादुर गुरुङ्ग नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

त्यसैगरी राजापुर नगरपालिकामा भएको नगरस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा पनि नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य जय बहादुर शाहु, जिल्ला कमिटी सदस्य घनश्याम थारू र कृष्ण शर्मा एमालेमा प्रवेश गर्नुभएको छ ।

त्यसैगरी २०७४ मा वडाध्यक्ष हुनुभएका फुलाराम थारू नेकपा ९माओवादी० परित्याग गरी पुन: एमालेमा प्रवेश गर्नुभयो । बर्दियामा नेकपा एमालेले साउन १५ गते देखि २२ गते सम्म जिल्लाका ८ ओटै पालिकामा पार्टी प्रशिक्षण कार्यक्रम कार्यक्रमको आयोजना गरिएको छ ।

प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री, पोलिटब्युरो सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरीको नेतृत्वमा भएको हो ।