३ कार्तिक २०८३, मंगलबार

सरकारले सभामुखलाई बाध्य बनाएर संसद चल्न दिएन: केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप लगाएका छन् ।

तुल्सीलाल अमात्यको २६आँै स्मृति दिवसका अवसरमा बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दवाब दिएको आरोप लगाएका हुन् ।

ओलीले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार डराएको जिकिर गरे । सरकारले नै सदनको अवरोध हटाउन नचाहेपनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको उनले बताए ।

ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको टिप्पणी गरे । आफूहरू सरकारले बनाएको छानबिन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड रहेको ओलीको भनाई छ ।

अध्यक्ष ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुदा पनि कांग्रेसले केही नबोल्नु अचम्म भएको बताए । सुन तस्कारीको छानबिन गर्न नसक्नेले पारदर्शीताको कुरा गर्न नसुहाउने उनको भनाइ छ ।