
विराटनगर, १७ साउन । कोशी प्रदेश सरकारका लागि गठबन्धन दलबीच सहमति भएको छ ।
गठबन्धनभित्रै विवाद देखिएपछि नवनियुक्त मुख्यमन्त्री उद्वव थापाको सपथ ग्रहणसमेत रोकिएको थियो । सहमति जुटेसँगै साँझ पाँचबजे मुख्यमन्त्री थापाले सपथ लिने कार्यक्रम रहेको छ ।
यस्तै पहिलो चरणमा बन्ने मन्त्रीले पनि आजै सपथ लिने कार्यक्रम रहेको छ । सभामुखबाट राजीनामा दिएका माओवादीको बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको हो । यस्तै, नेपाली कांग्रेसका प्रदीप सुनुवार सामाजिक विकास मन्त्री बन्ने भएका हुन् ।















प्रतिक्रिया