३ कार्तिक २०८३, मंगलबार

विवाह गर्न नमानेपछि तेजाब आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Acid_attackकाठमाडौं, १७ जेठ । बलिया जिल्लाको रासरामा बिहीबार राति एक युवतीले आफूले विवाह गर्न राखेको प्रस्ताव नमानेको निहुँमा युवकमाथि तेजाव प्रहार गरेकी छन् ।

तेजाव प्रहार गर्ने युवतीलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । तेजाव प्रहारपछि घाइते भएका युवक राजकुमार पाललाई तत्काल वारा यणसीस्थित अस्पताल पठाइएको थियो ।

युवक हाल अस्पताल भर्ना भएका छन् । घाइते राजकुमार रासरा थानाअन्तर्गत जमगाउँका बासिन्दा हुन । उनी छतमा सुतिरहेका बेला छिमेकमा बस्ने युवतीले अनुहारमा तेजाव प्रहार गरेकी थिइन् ।

ती केटीले विवाहका लागि राखेको प्रस्ताव राजकुमारले अस्वीकार गरेका थिए । यस घटनापछि ती युवती राजकुमारसँग रिसाएकी थिइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।