२८ आश्विन २०८३, बुधबार

भट्टराई र चन्दलाई पार्टीमा ल्याएर अन्यलाई गलाउने रणनीतिमा प्रचण्ड

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीको विधान अधिवेशनको मिति टुंगो लगाउनुका साथै बाबुराम भट्टराई र नेत्र विक्रम चन्द नेतृत्वका दुई पार्टीसँग एकीकरण गर्ने विषयमा निर्णय लिने अनुमान गरिएको छ ।

सुरुमा विशेष महाधिवेशन गर्ने जनाए पनि माओवादी केन्द्रले त्यसलाई संशोधन गर्दै मंसिरमा विधान अधिवेशन गर्ने तयारी गरेको छ । अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पार्टीका पूर्वनेताद्वय भट्टराई र चन्दलाई माओवादी केन्द्रमा ल्याएर आफू थप शक्तिशाली बन्ने तयारीमा छन् । केही समय अझै पार्टी नेतृत्वमा कायमै रहने रणनीतिमा रहेका दाहाल त्यसपछिको नेतृत्व चन्दतर्फ सोझ्याउने पक्षमा रहेको स्रोतको दाबी छ।

नेतृत्वको आकांक्षी रहेका वर्षमान पुन र जनार्दन शर्माबीचको प्रतिष्पर्धामा खेल्दै आएका दाहाल उनीहरूलाई थप कमजोर बनाउने पक्षमा रहेको स्रोतको दाबी छ । उनी दुई नेताबीचको आन्तरिक प्रतिष्पर्धाको लाभ दाहालले उठाएको निष्कर्षमा पुग्दै दुबै नेता अहिले दाहालविरुद्ध प्रस्तुत हुने तयारीमा रहेको निकटहरूको दाबी छ ।

बाबुराम र चन्दलाई पार्टीमा भित्र्याउने दाहालको रणनीति रोक्न उनीहरू दुवै सक्रिय रहेको जनाउँदै एक नेताले भने, ‘प्रचण्डले अझै केही समय नछाड्ने भए अब हामी मिल्नुपर्छ भन्नेमा उनीहरू पुगेका छन् ।’

चन्दलाई पार्टीमा आउन नदिन दुवै नेता लागिपरेको जनाउँदै पार्टी केन्द्री कमिटी बैठकमा पेस गर्ने प्रतिवेदन लेखका उनीहरूले पार्टी एकीकरणका विषयमा उल्लेख नगरेको स्रोतको दाबी छ । दाहाल निकट स्रोतले भने अध्यक्ष दाहालले चाहेका दिन विप्लवसहितका नेताहरूलाई माओवादी केन्द्रमा महत्वपूर्ण जिम्मेवारीसहित ल्याउने दाबी गरे ।

चन्द्र नेतृत्वको पार्टी माओवादी केन्द्रमा समाहित हुन आउन तयार रहेको जनाउँदै दाहालनिकट स्रोतले भन्यो, ‘अध्यक्षले के र किन ढिला गरिरहनुभएको छ थाहा छैन । तर, चाहेको दिन चन्द नेतृत्वको पार्टीसँग एक हुन्छ ।’

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको निर्णयको प्रतिक्षामा रहेको जनाउँदै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, पम्फा भुसाल, देवप्रसाद गुरुङसहितका नेताहरू लागि परेको स्रोतको दाबी ।

माओवादीको बैठकपछि बस्ने चन्द नेतृत्व पार्टीको बैठकले एकीकरणका विषयमा निर्णयमा पुग्ने जनाइएको छ। उता बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पार्टी एकताका लागि नौ बुँदे प्रस्ताव अघि सारेको छ । गंगानारायण श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिले माओवादी केन्द्रसँग एकताका लागि प्रस्ताव तयार गरेको प्रस्ताव बुझाएका छन् । सोही आधारमा माओवादी बैठकमा छलफल हुने स्रोतको दाबी छ ।

पार्टीको वरिष्ठ नेताको हैसियतामा भट्टराईलाई माओवादीमा ल्याउन दाहाल सकारात्मक रहेको जनाइएको छ । भट्टराईले अहिलेको नाम परिवर्तन गरेर कम्युनिष्ट हटाउनु पर्ने प्रस्ताव गरेका छन् । तर, दाहाल त्यसका लागि तयार देखिएका छैनन् । र, पार्टी एकता नगरेर श्रेष्ठसहितका नेताले भट्टराईलाई साथ दिन नसक्ने जनाएका छन् । त्यसले गर्दा भट्टराई थप दबाबमा रहेको स्रोतको दाबी छ ।

जनार्दन र वर्षमानबीच शक्तिलाई देखाउँदै पदाधिकारी मनोनयनमा टार्दै आएका थिए । तर, जनार्दन र वर्षमान आफूहरू दुईमध्ये एकलाई पार्टी महासचिव बनाउन प्रस्ताव गरेपछि दाहाल झस्केको स्रोतको दाबी छ । उनीहरूबीचको विवादलाई देखाउँदै दाहालले २०७९ असारमा पार्टीको शक्तिशाली महासचिवमा देवप्रसाद गुरुङलाई ल्याएका थिए । महासचिवमा शक्ति बहादुर बस्नेत र पम्फा भुसाल पनि आकांक्षी थिए । आजको नागरिक दैनिकमा खबर छ ।