३० आश्विन २०८३, शुक्रबार

सवारीको ब्राण्ड एम्बेस्डर बने कक्रोज

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डरको रुपमा हरिस निरौला ‘कक्रोज’ नियुक्त भएका छन् ।

सोमबार काठमाण्डौंमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।

हाल काठमाण्डौं, भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ शेयर एप बनाएको भए पनि सवारी एपले देशका विभिन्न प्रमुख शहरहरुमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने हिसाबले सञ्चालनमा ल्याएका हुन् ।

यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसँग अनलाइन सेवा लिन सकिने बताइएको छ ।