
काठमाडौं, १६ साउन । नेपाली कांग्रेसले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनमा रहेका विषयवस्तुमा सहमति खोज्ने भएको छ ।
सिंदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेस शीर्ष नेता, पदाधिकारी तथा सम्बन्धित समितिमा रहेका सांसदहरूसँगको छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाउन यसमा देखिएका जटिलता र विषयवस्तुमा सहमति खोज्ने विषयमा कुराकानी भएको प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई यथाशीघ्र सदनबाट पारित गर्नुपर्ने अवस्था रहेको भन्दै विवादित विषयमा समेत सहमति खोजिने उल्लेख गरे ।
विश्वकर्माले सवैको स्वीकार्यमा नै कानून ल्याउने प्रयत्न भइरहेको बताए । सदनमा उठेको विषयमा सरकार प्रष्ट पार्नुपर्ने र सदनको अवरोध हटाउनुपर्ने उनले उल्लेख गरेका छन् ।
उनले संसदीय समितिको नेतृत्व छिटो हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताए ।















प्रतिक्रिया