३० आश्विन २०८३, शुक्रबार

एमालेले मर्यादाहीन काम गर्दैन, उपसभामुखको राजीनामा आउँदैन : हिक्मत कार्की

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १६ साउन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उपसभामुखको राजीनामा नआउने स्पष्ट गरेका छन् ।

आज मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले नेकपा एमालेबाट मर्यादाहीन काम नहुने भन्दै उनले उपसभामुखको राजीनामा नआउने स्पष्ट पारेका हुन् ।

सत्ता पक्षले संख्या पुर्‍याउनकै लागि सभामुखलाई राजीनामा गराउने काम मर्यादित नभएको उनले बताएका छन् ।