
विराटनगर, १६ साउन । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
एमालेको सरकार ढलेपछि कांग्रेस–माओवादीलगायत गठबन्धन दलहरूको सरकार बनाउने सन्दर्भमा समर्थनका लागि उनले पदबाट राजीनामा दिएका हुन् ।
आफूले समर्थन नगर्दा कोशीमा सरकार नै बन्न नसक्ने अवस्थामा सृजना भएको र सभामुखका रुपमा विवादमा तानिइसकेको अवस्थाका कारण पदबाट राजीनामा दिएको उनले बताएका छन् ।
गौतमलाई मुख्यमन्त्री बनाउने शर्तमा राजीनामा गराइएको बताइएको छ । त्यस आधारमा उनी मुख्यमन्त्रीका उम्मेदवार समेत बन्ने भएका छन् ।
यद्यपि, कांग्रेसनिकटहरूले भने मुख्यमन्त्रीमा पुन: उद्धव थापा नै आउने दाबी गरिरहेका छन् ।
काठमाडौंमा रहेका गौतमले ई–मेलमार्फत उपसभामुखलाई राजीनामा पठाएर आफू पनि विराटनगर हिँडेको बताइएको छ ।















प्रतिक्रिया