२९ आश्विन २०८३, बिहिबार

हे भूकम्प ! तिमी यसरी नआई देउ घरी घरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

man-bhadur-bistaहे भूकम्प घरी घरी । तिमी नआई देउ ।

नेपालीको मुटु भरी । चोट नलाइ देउ ।।

यो धर्तीलार्इ थम्न देउ । धेरै नसताइ देउ ।
चर्क्या घाउमा अझै नुन् चुक् । अब नलाइ देउ ।।

दुःखीबाट आॅशु धेरै । तिमी नखाइ देउ ।
गालि अब हामीबाट । धेरै नपाइ देउ ।।

महिनौं भयो तिमी आको । चित्त नखाइ देउ ।
सधैको लागि नेपालमा । अब नआई देउ ।।

मान बहादुर बिष्ट
बेंगलूर, भारत