
काठमाडौं, १५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा लागेका व्यक्ति खराब हुनसक्ने भए पनि राजनीति आफैंमा खराब र काम नलाग्न हुन नसक्ने बताएका छन् ।
व्यक्तिले गरेका कमजोरीलाई लिएर सम्पूर्ण नीतिहरूको मुहानका रुपमा रहेको राजनीतिलाई दुषित बनाउन नहुने उनको धारणा छ ।
यस्तै, पछिल्लो समय भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको सरकारलाई आफूहरूले प्रेरणा दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् । रास्वपाको उपस्थितिकै कारण सदनदेखि सरकार र विभिन्न राजनीतिक दलहरूमा हलचल आएको र आफूहरूकै कारण वर्तमान सरकार केही हदसम्म सुरो बनेको दाबी गरेका छन् ।
हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–
१. राजनीतिलाई सफा राखौँ : राजनीतिलाई दुषित बनाउन नहुनेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोड, राजनीतिमा लागेका केही व्यक्ति खराब हुनसक्ने भए पनि समग्र राजनीतिलाई नै खराब भन्न नमिल्ने भनाई ।
२. सुनकाण्डमा मुछिएपछि… : सुन तस्करीमा आफ्नो नाम पनि मुछिएपछि उच्चस्तरीय छानबिन समिति बनाउन माओवादीका उपमहासचिव वर्षमान पुनको माग, दोषी देखिए आफूलाई पनि कारबाही गर्न चुनौती ।
२. मन्त्रालयले बोलायो निरौलालाई : एक महिलासँग क्वार्टरमै अनैतिक क्रियाकलाप गरेको घटना बाहिरिएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरूप्रसाद निरौलालाई सामान्य प्रसाशन मन्त्रालयले दियो २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन, निरौलासँग बुझ्नुपर्ने भएको पत्रमा उल्लेख ।
३. सरकार पूर्ण : मधेश प्रदेश सरकारले पायो पूर्णता, सोमबार कांग्रेसका मोहमद समिम गृह, सञ्चार तथा कानुन मन्त्री र जनमत पार्टीका चन्दन सिंहले लिए श्रम तथा यातायात मन्त्रीको सपथ ।
४. डा. केसीको चेतावनी : साउन २९ गतेबाट पुन सत्याग्रह सुरू गर्ने डा गोविन्द केसीको चेतावनी, राज्यले पटक–पटक गरेका सम्झौता कार्यान्वयन नगरेको र उल्टै सम्झौतालाई उल्टाउने चलखेल भइरहेको भनाइ ।
५. फेरि सुनसहित पक्राउ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि भेटियो सुन, करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थानसहित बैतडी पाटन नगरपालिका–६ घर भएका ३४ वर्षीय दिपक भण्डारी पक्राउ ।
६. राष्ट्रिय एकतालाई स्थायी बनाऔँ : राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको काँग्रेस सभापति शेरबहादुर देउवाको भनाइ, मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्ने धारणा ।
७. सरकार गम्भीर : सरकार लम्पी स्किन रोग नियन्त्रणका लागि गम्भीर रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, रोग यसअघि देखिएका छिमेकी देशहरूबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको स्वीकार ।
८. जहाजमा मुसा भेटिएपछि… : सोमबार मध्याह्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटियो, उडान नै स्थगित ।
१०. रास्वपाले गर्दा… : राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सरकारलाई भ्रष्टाचारविरूद्व लाग्ने प्रेरणा मिलेको सभापति रवि लामिछानेको भनाइ, रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकार र विभिन्न राजनीतिक दलहरूमा चलायमान अवस्था देखिएको धारणा ।
११. बैठक बस्न सकेन : सोमबार प्रतिनिधिसभाको बैठक बस्दै नबसि स्थगित, सुन तस्करी प्रकरणका उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने एमालेको अडान कायमै ।
१२. केही दिनलाई जोगियो : काठमाडौँ महानगरपालिकाले तत्काल राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउने, राप्रपाको आग्रह बमोजित २१ दिन कुर्न महानगर तयार ।
१३. धरौटीमा रिहा : विराटनगरमा साइकल यात्रीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाल १ लाख रुपैयाँ धरौटीमा रिहा, न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासको एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश ।
१४. आक्रमणमा मृत्यु : रुसको कब्जामा रहेको डोनबास क्षेत्रमा युक्रेनी आक्रमणमा परेर तीन जनाको मृत्यु, दश जना घाइते ।
१५. टोली भारत प्रस्थान : थाइल्यान्डको लिग क्लबमा पहिलोपटक नेपाली खेलाडी आवद्ध, नेपालका स्ट्राइकर मनिष डाँगी थाइल्यान्डको लिग–२ क्लब रेयोङ एफसीसँग आबद्ध ।















प्रतिक्रिया