३० आश्विन २०८३, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि भेटियो सुन, दीपक भण्डारी पक्राउ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, १५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन भेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थानसहित बैतडी पाटन नगरपालिका–६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कतार एयरवेयजको उडानद्वारा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।