३० आश्विन २०८३, शुक्रबार

नेपाली समाज यूएईको अध्यक्षमा चन्द्र सापकोटा निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-samaj-UAE

– दामोदर दाहाल

यूएई । यूएईमा रहेका नेपाली संघसस्थाहरु मध्य पुरानो सस्थाको रुपमा चिर परिचित २५ वर्ष भन्दा लामो गरिमामय इतिहास बोकेको सामाजिक सस्था “ नेपाली समाज यूएई” २०१५-१७ युएइको १२औ महाअधिबेशन मे २९, २०१५ मा दुबईको एभरेस्ट इन्टरनेसनल होटलमा सम्पन्न भएको छ।

अध्यक्ष पदका प्रत्यासी चन्द्र प्रसाद सापकोटा र बिदुर रावत बीच भएको निर्वाचनमा सापकोटा भारि मतले विजय भएका हुन । सापकोटा नेपाली समाज यूएईको सस्थापक उपाध्यक्ष हुन भने अग्रिम समाजसेवीको रुपमा यूएईमा स्थापित भईसकेका छन ।

नेपाली समाज यूएईको १२औ अधिबेशन यम तमुको प्रमुख आथित्यमा सम्पन भएको थियो उक्त अधिबेसनका सभापति निवर्तमान अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की थिए भने अथितीमा राजनीतिक, सामाजिक, जातीय संघसंस्थाहरुको प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा समाजसेवीहरु रहेको उक्त अधिबेसनको पहिलो चरणको खुल्ला सत्र कार्यक्रम गोपाल कंडेलले संचालन गरेका थिए त्यस्तै दोस्रो चरणको बन्द सत्र डी आर गुरुङले संचालन गरेका थिए।

nepali-samaj-UAE-1

उक्त अधिबेसनको औपचारिक उद्घाटन रास्ट्रियगान बाट सुरु गरिएको थियो भने नेपालमा भर्खरै गएको विनासकारी महाभूकम्पमा परि सहिद भएका ज्ञात अज्ञात सहिदहरुको स्मरणमा एक मिनेट मौन धारण गरिएको थियो।

नेपाली समाज यूएईको उक्त अधिबेसनमा युएईमा रहेका नेपालीहरुको भब्य उपस्थिति रहेको थियो । उक्त भेलाले १५ सदस्यीय कार्य समिति चयन गरेको छ। अध्यक्षमा चन्द्र प्रसाद सापकोटा, उपाध्यक्षहरुमा राम मोक्तान, कृष्ण न्यौपाने र दिपा पाण्डे, महासचिबमा मणी प्रसाद भुर्तेल, सचिबमा सुरज भित्रीकोटी, कोषाध्यक्षमा नरेन्द्र गिरी, सह-कोषाध्यक्षमा कृष्ण पौड्याल, सदस्यहरुमा बलराम कुइंकेल, मान बहादुर महतो, जगत क्षेत्री, नारायण प्रसाद आचार्य र मनोज कुमार सैजु, तस्तै गरि पार्षद अध्यक्षमा उपेन्द्र राना मगरलाई सर्ब सम्मतीले चयन गरेको छ।

nepali-samaj-UAE-2

मे १ तारिक श्रमिक दिवस पारेर युएईमा रहेका नेपालीहरुको फ्री हेल्थ चेकअपको लागी सिबिरमा उपस्थिति हुने सदस्यहरुलाई थम्मे अस्पतालले दियको प्रमाण पत्र उक्त कार्यक्रमका सयोजक सालिकराम सुबेदी र नेपाली समाज युएईका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीले वितरण गरेका थिए।

मे २९, २०१५ मा सम्पन्न नेपाली समाज युएईको महाधिवेशनमा नयाँ कार्यसमितिको चयनका निम्ति निर्वाचन समितिका सयोजक कृष्ण पौडेल लगाएत ४ जनाको टिमले लामो समयदेखि गृहकार्य गर्दै सबै राजनीतिक दलका भात्रृ सङ्गठन, क्रियाशील सामाजिक संघसस्था, जातीय सस्थाहरुसंग बृहत छलफल गर्दै उक्त निर्बाचन सम्पन्न गर्न सफल भएको छ।