१ कार्तिक २०८३, आइतबार

हवल्दारले गुडिरहेको रेलमा गोली चलाउँदा चारजनाको मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । भारतमा गुडिरहेको रेलमा गोली चल्दा चारजनाको मृत्यु भएको छ ।

रेलवे सुरक्षा बल (आरपीएफ) का एक हवल्दारले गोली चलाउँदा सुरक्षाकर्मीसहित चारजनाको मृत्यु भएको हो ।

रेलमा सवार आरपीएफकै सहायक सब–इन्स्पेक्टर र तीन यात्रीको मृत्यु भएको हो । सो रेल जयपुरबाट मुम्बई जाँदै थियो । महाराष्ट्रको पालघर रेलवे स्टेसननजिकै पुगेपछि गोली प्रहार गरिएको जनाइएको छ ।

ती हवल्दारले आफूसित रहेको स्वचालित हतियारबाट गोली हानेका थिए । उनलाई पक्राउ गरिएको छ । उनले किन गोली चलाए भन्ने खुलेको छैन ।