३० आश्विन २०८३, शुक्रबार

नेपालका भूकम्पपीडितलाई जिफन्ट सपोर्ट ग्रुप यूएईको सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gefont-rahat2

– दामोदर दाहाल
यूएई । जिफन्ट सपोर्ट ग्रुप यूएईले नेपालका भूकम्प पीडितको राहतका लागि सहयोग पठाउने निर्णय गरेको छ ।

नेपालमा आएको विनाशकारी महाभूकम्पले देश गुज्रिरहेको अबस्थामा प्रबासबाट बिभिन्न सामाजिक संघ सस्थाले सहयोग गर्ने क्रममा जिफन्ट सपोर्ट ग्रुप यूएईले नेपाल स्थित केन्द्रीय कार्यालय मार्फत देशमा सहयोग पठाउने भएको हो ।

यूएईमा रहेका नेपाली श्रमिकहरुको हकहितको लागि गत बर्ष मात्रै स्थापित भई सहयोगीको रुपमा क्रियाशिल रहेको जिफन्टले नेपालमा रहेको केन्द्रिय कार्यालय ‘नेपाल ट्रेड युनियन महासंघ’ को राहत कोषमा नगद रु १ लाख तथा ८० थान टेन्ट जुन महिनाको पहिलो हप्तासम्ममा हस्तान्तरण गर्ने जनाएको छ ।

gefont-rahat1

जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष रामेश्वर भेटवालका अनुसार जिफन्ट यूएईले संकलन गरेको ८० थान टेन्ट सचिब कल्पना राईको माताहतमा नेपाल पुर्याउने तथा नेपाल ट्रेड युनियनको सहयोगमा स्थलगत भ्रमणगरी वितरण गर्ने जिम्मा लगाइएको जानकारी गराएका छन् ।

सचिब राईका अनुसार ८० टेन्टमा प्रति थान टेन्टमा ५ जनाको परिवार आश्रित हुन सक्ने हुनाले ४०० जना पीडितहरुले भएपनि सहयोग पाउने भएकोले आफू त्यसको लागि आफ्नै खर्चमा एक हप्ता नेपाल गएर सहयोग गर्ने जानकारी गराइन् ।

अध्यक्ष भेटवालले यो जिफन्ट सपोर्ट ग्रुप यूएईको भूकम्प पीडितको लागि प्रारम्भिक सहयोग १ लाख र ८० थान टेन्ट भएको बताउँदै आगामी दिनमा अझ धेरै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै टेन्ट उपलब्ध गराउन सहयोग गर्नु हुने ग्रुपका सदस्य प्रबिण काजी श्रेष्ठ लगायत सम्पूर्ण सहयोगी टिमलाई धन्यबाद दिएका छन् ।