३० आश्विन २०८३, शुक्रबार

अधिवक्ता पाण्डेलाई पक्राउ नगरिए आन्दोलनमा जाने तामाङ घेदुङको चेतावनी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नेपाल तामाङ घेदुङले विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई तत्काल पक्राउ नगरे आन्दोलनको बाटोमा जाने चेतावनी दिएको छ ।

आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ घेदुङले पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति समाजको सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको भन्दै तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पाण्डेको अभिव्यक्ति आफैमा गैरजिम्मेवारपूर्ण तथा शान्तिपूर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुराउने किसिमको रहेको घेदुङको भनाइ छ । पाण्डेविरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएकोमा अहिलेसम्म पक्राउ नगरिएकोमा मर्माहत तुलाएको भन्दै तत्काल पक्राउ नगरे आन्दोलन गर्ने नेपाल तामाङ घेदुङका महासचिव काजिमान थिङ तामाङले बताए ।

तामाङ घेदुङले भगवती पाण्डेको अभिव्यक्तिबाट सिर्जित घटनाक्रम नितान्त निज व्यक्ति र उसको अभिव्यक्तिसँग सम्बन्धित भएकाले कुनै जाति, समुदाय, लिङ्ग र वर्ग लक्षित नभएको स्पष्ट पारेको छ ।