३० आश्विन २०८३, शुक्रबार

पत्रकार महासंघका अध्यक्ष चौलागाईंले आर्थिक अनियमितता र पदको दुरूपयोग गरेपछि…

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापनपत्र बुझाउँदै प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलसहितका नेताहरू ।

दोलखा, १४ साउन । नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको नेतृत्वले आर्थिक अनियमितता लगायत पदको चरम दुरूपयोग गरेको खुलासा भएको छ ।

महासङ्घ नेतृत्वले गरेको आर्थिक अनियमितता र पदको दुरूपयोगलगायत अबाञ्छित गतिविधि रोक्न माग गर्दै आज आइतबार प्रेस चौतारी नेपाल दोलखाले ज्ञापनपत्र बुझाएको छ ।

प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेललगायतको टोलीले महासङ्घका अध्यक्ष दीपशङ्कर चौलागाईंलाई ज्ञापनपत्र बुझाएको हो ।

पत्रकार महासङ्घ बागमती प्रदेश समितिको जिरीमा सम्पन्न साधारणसभामा व्यवस्थाकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा सङ्कलित आर्थिक श्रोतको संस्थागत अभिलेख नराखी हिसाब सार्वजनिक नगरेको, पत्रकार महासङ्घको नाम जोडेर महासङ्घको बदनाम हुनेगरी अध्यक्ष चौलागाईंले विभिन्न सार्वजनिक निकायबाट व्यक्तिगत रूपमा लाभ लिएकोलगायत आरोप प्रेस चौतारी दोलखाले लगाएको छ । यी सबै विषयमा पारदर्शी रूपमा हिसाब किताब सार्वजनिक गर्न सो सङ्गठनले ज्ञापनपत्रमार्फत माग गरेको छ ।

नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलायाईंलाई ज्ञापनपत्र बुझाउँदै प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलसहितका नेताहरू ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा सञ्चालित सहायता कक्षबाट भएको आम्दानीको अनियमितता गरेको, विभिन्न कार्याक्रममा पत्रकार महासङ्घको लोगो र बैंक खाता दुरूपयोग गरेकोे, सरकारी तलब खाने शिक्षक रहेका अध्यक्ष चौलागाईं विद्यालय समयमा विभिन्न कार्यक्रममा उपस्थित हुने र विद्यालयमा समेत हाजिरी गरी गैरजिम्मेवार बनेको विषयमा पनि प्रेस चौतारी दोलखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयमा गैरकानुनी रूपमा कर्मचारी नियुक्त गरी घरेलु कामदारको रूपमा अध्यक्षले निजी काममा लगाएको, कार्यालय समयमा पनि महासङ्घको कार्यालय खुल्ला नराखेको, कार्यालयमा रहनुपर्ने कागजातहरू निजी सम्पत्तिझैं अध्यक्षको घरमा राख्ने गरेको, कार्यालय व्यवस्थित नगरिएकोलगायत विषयमा १६ बुँदे ज्ञापनपत्र बुझाइएको प्रेस चौतारी दोलखाका अध्यक्ष जिरेलले जानकारी दिए ।

ज्ञापनपत्र वाचन गर्दै अध्यक्ष अध्यक्ष जिरेल ।

ज्ञापनपत्रमा उल्लेखित विषयमा तीन दिनभित्र यथार्थ विवरणसहितको हिसाबकिताब सार्वजनिक नगरे कानुनी कारबाहीसहित कार्यालयमा तालाबन्दीदेखि कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी अध्यक्ष जिरेलले दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै महासङ्घका अध्यक्ष चौलागाईंले प्रेस चौतारीले उठाएका विषयमा कार्यसमितिको बैठक बसेर निष्कर्षमा पुग्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय दोलखा र पत्रकार महासङ्घको बागमती प्रदेश समिति र केन्द्रीय कार्यसमितिलाई समेत बोधार्थ रहेको ज्ञापनपत्र आइतबार नै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई पनि हस्तान्तरण गरिएको छ ।

यस्तो छ प्रेस चौतारी दोलखाको विज्ञप्ति–