
पोखरा, १४ साउन । कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोला साझास्थित बिजयपुर खोलामा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।
निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढीमा फसेकाहरूको हिजो शनिबार राति सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
उद्धार गरिएकाहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षीय क्षितिज नेपाली छन् ।















प्रतिक्रिया