३ कार्तिक २०८३, मंगलबार

कामदारसँग धेरै रकम असुल्ने म्यानपावर कम्पनी कारबाहीको सूचीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manpowerकाठमाडौ, १७ जेठ । सरकारले कामदारसँग अत्याधिक रकम लिने दुई दर्जन म्यानपावर कम्पनीलाई कारबाहीको सूचीमा राखी शून्य खर्च निर्देशिका ल्याउनुभन्दाअघि नै अत्याधिक रकम लिने दुई दर्जन म्यानपावर कम्पनीको सूची तयार हुने श्रम मन्त्रालयले स्रोतले जनाएको छ ।

म्यानपावर कम्पनीले हुन्डीमार्फत मलेसिया, कतार र युएईमा अध्याधिक मात्रामा अग्रिम कमिशन बुझाएकाले सून्य खर्चको चर्को विरोध भएको निश्कर्षसहित श्रम मन्त्रालय म्यानपावरको सूची निर्माणमा जुटेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले मलेसिया र कतारको रोजगारमा हुन्डीमार्फत अत्याधिक रकम पठाउने म्यानपावर कम्पनीलाई कारबाही र सून्य खचृको निर्देशिका एकैचोटी आउने जानकारी दिए ।

पैसा लिने म्यानपावर कम्पनीलाई छड्के कारबाही गर्ने तयारी मन्त्रालयले गरिरहेको उनले बताए ।

ब्यवसायीले रोजगारदातामुलुकसँग द्विपक्षीय श्रम सम्झौता नभएसम्म सून्य खर्च निर्देशिका ल्याउँदा नेपालले पाउने रोजगार कोटा जोखिममा पर्ने जिकिर गरिरहेका छन् ।

नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका उपाध्यक्ष उद्धव खड्काले सरकारले कार्यान्वयन हुन नसक्ने सून्य खर्च सम्भव बनाउन म्यानपावर कम्पनीलाई तर्साउन कारबाहीको हल्ला चलाएको बताए ।