काठमाडौं, १७ जेठ । सरकारले एकभन्दा बढी घर भएका वा काठमाडौंमा घर भएर गाउँको घर भत्किएकालाई राहत नदिने भएको छ ।
भूकम्पमा घर भत्किएकालाई तत्काल बसोबासका लागि १५ हजार र नयाँ घर बनाउन २ लाख रुपैयाँ अनुदान दिने तयारी भइरहे पनि एउटामात्रै घर भएकाले मात्रै यो सुविधा पाउने भएको कारोवार दैनिकले छापेको छ ।
अर्थमन्त्री रामशरण महतले भूकम्पपीडित विपन्न नागरिकलाई राहत दिने योजनामा सरकार पनि आफैं सक्षमहरुका लागि सरकारी कोष दुरुपयोग गर्ने पक्षमा नरहेको बताए ।
‘भूकम्पमा क्षति भएको सम्पत्तिको क्षतिपूर्ति सरकारसँग माग्न मिल्दैन’, उनले भने,‘आफैं घर बनाउन सक्नेलाई सरकारले राहत दिन सक्दैन । तर नसक्नेलाई सरकारले विभिन्न स्रोत परिचालन गरेरै भए पनि सहयोग गर्नुपर्छ ।’















प्रतिक्रिया