३० आश्विन २०८३, शुक्रबार

दलितमाथिको विभेदपूर्ण घटनाप्रति एमाले जनसंगठन संयन्त्रद्वारा खेद प्रकट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको १२औँ विस्तारित बैठकले देशका विभिन्न क्षेत्रमा जातीय छुवाछुतका नाममा दलित समुदायमाथि भएका अन्याय र विभेदपूर्ण घटनाप्रति खेद प्रकट गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको विशेष उपस्थिति र संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा हिजो शुक्रबार भक्तपुरको डोलेश्वरमा सम्पन्न बैठकले समाजको कलंकको रूपमा रहेको छुवाछुत तथा जातीय विभेदविरुद्धको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गर्दै अन्याय र विभेदपूर्ण घटनाप्रति खेद प्रकट गरेको हो ।

‘समाजको कलंकको रूपमा रहेको छुवाछुत तथा जातीय विभेदविरुद्धको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गर्दै देशका विभिन्न क्षेत्रहरूमा भएको जातीय छुवाछुतका नाममा दलित समुदायमाथि भएका अन्यायपूर्ण विभेदपूर्ण घटनाप्रति जनसंगठनको यो बैठक खेद व्यक्त गर्दछ,’ बैठकपछि जारी समसामयिक राजनीतिक प्रस्तावमा उल्लेख छ ।

बैठकमा सबै जनसंगठनका इञ्चार्ज, अध्यक्ष र पार्टीका तर्फबाट प्रदेशमा जनसंगठनको संयोजक तोकिएका केन्द्रीय सदस्यहरूको सहभागिता थियो ।