३० आश्विन २०८३, शुक्रबार

नेपाल कुरियर सेवा संघ बागमतीको अध्यक्षमा पाख्रिन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ साउन । नेपाल कुरियर सेवा संघ बागमतीको अध्यक्षमा विनोद बहादुर पाख्रिन चयन भएका छन् ।

शनिबार हेटौंडामा सम्पन्न प्रथम बागमती प्रदेश अधिवेशनले मकवानपुरका पाख्रिनको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा चितवनका अर्पणबाबु सुवेदी र मकवानपुरका केदारनाथ गौतम, सचिवमा मकवानपुरका रामप्रसाद पुडासैनी, सहसचिवमा चितवनका श्रीभद्र खनाल तथा कोषाध्यक्षमा मकवानपुरका कर्णराज गौतम चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा सिन्धुलीका कपिलकुमार श्रेष्ठ, धादिङका प्रेमबहादुर नेपाल क्षेत्री, चितवनका प्रवल भट्टराई, आइत गुरुङ र मकवानपुरका दीपक प्रसाद खनाल चयन भएका छन् ।

अधिवेशनले समितिको सल्लाहकारमा रामकृष्ण ढुंगानालाई चयन गरेको छ ।

नेपाल कुरियर सेवा संघको केन्द्रीय उपाध्यक्ष अनिलराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सञ्जय मण्डल, केन्द्रीय सदस्य किरण थापा लगायतको आतिथ्यता थियो ।