३० आश्विन २०८३, शुक्रबार

अरु कसैप्रति टिकाटिप्पणी नगरी पार्टी काममा लाग्न गोकर्ण बिष्टको निर्देशन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ साउन । नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका इञ्चार्ज गोकर्ण बिष्टले एमालेलाई बलियो बनाउनका लागि कोही कसैप्रति नकारात्मक टिकाटिप्पणी नगरी जिम्मेवार र अनुशासित भएर पार्टीको काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले जिल्ला कमिटी कास्कीले अगुवा कार्यकर्ताका लागि शनिबार आयोजना गरेको अनुशिक्षण कार्यक्रममा नेता बिष्टले नकारात्मक टिकाटिप्पणी नगर्न तथा प्रतिबद्ध भएर काम गर्न आग्रह गरेका हुन् ।

एमालेलाई एकताबद्ध तथा बलियो बनाउन सबैले ध्यान केन्द्रित गर्नुपर्ने भन्दै उनले एकमना एकताका साथ पार्टीको काममा जुट्ने कामको सरुवात कास्कीबाट गर्न अनुरोध समेत गरेका छन् । विचार र भावनाका साथ अगाडि बढे सबैको भलो हुने उनको भनाइ छ ।

उनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको एजेण्डालाई अगाडि सारेको एमालेलाई कमजोर बनाउन हिलो छ्याप्ने काम भएको आरोप लगाए । एमालेलाई चारैतर्फबाट भएको घेराबन्दीको सामना गर्न पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउन ध्यान दिएको उनले जानकारी दिए ।

शोषणरहित समतामुलक समाज स्थापना गर्ने योजना र चाहानालाई पूरा गर्न पार्टी लागेको दाबी गर्दै उनले रोजगारीको सृजना र उद्यमशीलताको विकास गरी जनताको जीवनस्तर सुधारमा ध्यान दिने बताए । उनले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादमा पुग्ने यात्रा तय गरेको उल्लेख गरे ।