३० आश्विन २०८३, शुक्रबार

मुलुक बनाउने भिजन एमालेसँग मात्रै छ, अरु विकल्प छैन : केपी ओली (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् ।

आज शनिबार बाँकेको नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक बनाउने भिजन एमालेसँग मात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै विकल्प नरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको दाबी गरे ।

बाँकेको नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली ।

एमाले मिसन ८४ मा केन्द्रित रहेको भन्दै ओलीले यसलाई सफल बनाउँदै पार्टीलाई बहुमत आउनेगरी तयारी गर्न निर्देशन दिए । आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याए पनि एमालेको नीतिहरूसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने धारणा पनि उनले व्यक्त गरेका छन् ।

ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सक्रिय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

हेर्नुहोस् भिडिओ–