३ कार्तिक २०८३, मंगलबार

अपार्टमेन्टपीडितहरूद्वारा अग्ला संरचना छानविन गर्न माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

horizon-appartmentकाठमाडौं, १७ जेठ । भूकम्पबाट चर्किएका काठमाडौं उपत्यकाका १३ वटा अपार्टमेन्टबाट पीडितहरुको शनिबार सम्पन्न संयुक्त भेलाले बनिसकेका अग्ला संरचनाको हकमा उच्चस्तरीय छानवीन आयोग गठनको माग गरेका छन् ।

साथै स्थानीय वस्तुस्थितीसुहाउँदो भवनसम्वन्धी नयाँ मापदण्ड पनि चाहिने निष्कर्श निकालेका छन् ।

शनिबार बालकुमारीमा आयोजित उक्त भेलाले विद्यमान मापदण्डलाई मिचेर काम गर्ने–गराउनेविरुद्ध कडा कारबाहीका साथै यस्ता अग्ला भवनहरुबाट खतरामा परेका टोलवासी एवं स्वयं अपार्टमेन्टमा बस्दै आएकाहरुलाई तत्काल सुरक्षाको प्रत्याभूति दिलाउनसमेत सरकारसँग माग गरेको कान्तिपुर दैनिकले छापेको छ ।

‘मापदण्ड उल्लंघन गरेर बनेका सम्पूर्ण भवनहरु भत्काइनु पर्छ,’ भेलाद्वारा जारी संयुक्त घोषणापत्रमा भनिएको छ, ‘महाभुकम्पपछिको अनुभवलाई समेत समेटेर अब भवनसम्वन्धी नयाँ कानुन बन्नु जरुरी छ ।’