३० आश्विन २०८३, शुक्रबार

‘गरिबको चमेली…’ गीत गाउँदै स्वतन्त्रहरूले राष्ट्रिय सभागृहअगाडि गरे प्रदर्शन (फोटो/भिडिओ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । स्वतन्त्र युवाहरूको समूहले आज राष्ट्रिय सभागृहअगाडि गीत गाएर प्रदर्शन गरेका छन् ।

जवाफदेहिता, नगर प्रहरीहरूको ज्यादती, गैरकानुनी कदमका विरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले ठेला गाडा र साना सडक व्यापारीहरूको उचित व्यवस्थापन गर्न पनि माग गरेका छन् ।

शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका उनीहरूले ‘गरिबको चमेली…’ गीत गाएका थिए । विभिन्न ब्यानर र प्ले–कार्ड बोकेका युवाहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, ‘बालेन’को कार्यकक्ष सभागृह गेटअगाडि उभिएर प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र युवाहरूको साथमा काठमाडौंमा फुटपाथ सडकमा व्यापार गर्नेहरू पनि सहभागी भएका थिए ।

हेरौँ केही तस्वीरहरू–

तस्वीर सौजन्य : फोटो लाइब्रेरी