
काठमाडौं, १३ साउन । चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीको काठमाडौंको मनमैजुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको गोलढुङ्गा बस्ने गोरखाको पालुङटार नगरपालिका–१ का २६ वर्षीय दिनेश गिरी छन् । उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–५ गुम्बाबाट हिजो शुक्रबार नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनको साथबाट चोरीको मोटरसाइकल पनि बरामद गरिएको छ ।
गत वैशाख १७ गते मनमैजुबाट प्रदेश ३–०२–०१० प ७०८० नम्बरको पल्सर मोटरसाइकल हराएको भनी धादिङका बलराम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा परिवर्तित प्रदेश ३–०२–०११ प ४५९१ नम्बर राखेर मोटरसाइकल चलाइरहेको अवस्था गिरीलाई ट्राफिक प्रहरीको पीडित सहायता इकाइबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
गिरीलाई थप अनुसन्धान तथा कारबाहीका प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।















प्रतिक्रिया